केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचन अब असार १४ गते

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते हुने भएको छ । मन्त्रिपरिषदको बैठकले यसअघि तय गरिएको असार ९ गतेको मिति १४ गतेका लागि सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको मुख्य पर्व रमजानको अन्तिम शुक्रबार परेकाले मिति परिवर्तन गर्नुपरेको सरकारको भनाई छ । मिति सार्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो निर्वाचन आयोगका पदाधिकारीसंग परामर्ष गर्नुभएको थियो । दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेका लागि तय गरिएपनि मधेस केन्द्रित दललाई सहभागी गराउन भन्दै असार ९ गतेका लागि सारिएको थियो । त्यसअघि सरकारले बैशाख ३१ का लागि देशभर एकैपटक स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । तर पछि दुई चरणमा गर्ने निर्णयसंगै दोस्रो चरणका लागि जेठ ३१ को मिति तय गरिएको थियो । पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर १, २, ५ र ७ मा दोश्रो चरणमा निर्वाचन हुँदैछ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्