केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिपक्षी एमालेद्वारा मतपत्र च्यातिएको विरोधमा संसद् अवरूद्ध

सहयात्रा टिभी

काठमाडौं । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु गर्न माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गरेको छ । महानगरपालिकाको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने एमालेले जनाएको छ । बैठक सुरु भए लगत्तै एमालेका सांसदहरु आ–आफ्नो ठाउँबाट उभिएपछि सभामुख ओनसरी घर्तीले सुरेन्द्र पाण्डेलाई बोल्न समय दिनुभएको थियो । सांसद पाण्डेले मत गणना नगरी अन्य विकल्प खोजे वा मतगणना पुनः सुरु गर्न ढिलाई गरे आफना उम्मेदवरालाई सडकबाटै विजयी घोषणा गर्ने बताउनुभयो । मतगणना नगरी मतदानको निर्णय गरिए आफनो पार्टीले कुनै हालतमा स्वीकार नगर्ने उनले बताए । एमालेको अवरोधका कारण संसदको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्