केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काबुलमा आतंकवादी आक्रमण, ८० जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

सहयात्रा टिभी

बिबिसि । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी हमला भएको छ । बिभिन्न मुलुकका दुतावास रहेको क्षेत्रमा सवारी बम आक्रमणहुँदा हालसम्म ८० जनाको मृत्यु भएको छ । कम्तिमा चार सय जना घाइते भएका छन । मारिनेमा अधिकांश सर्वसाधारण रहेको बिबिसिले जनाएको छ । जर्मन दुतावासको छेउमै जनवाक चोकमा बिष्फोट गराइएको थियो । बम बिष्फोटबाट टाढाटाढा रहेका भवनहरुका शिशा तथा झ्याल समेत चर्केका छन । सुरुमा तालिवान समूहले आक्रमण गरेको शंका गरिएको थियो । बिद्रोही तालीवानले भने घटनामा आफनो हात नरहेको जनाएको छ । अर्को बिद्रोही इस्लामिक स्टेट (आइएस) ले भने कुनै प्रतिक्रिया दिएको छैन । बम बिष्फोटपछि काबुल शहर धुवाँले भरिएको थियो । आक्रमणमा कम्तिमा ५० भन्दा बढी सवारी साधन नष्ट भएका छन । आक्रमणकारीले कसलाइ निशाना बनाएको भन्ने खुल्न सकेको छैन । केही मानिसहरुले पानी बोक्ने ट्याङ्कर अर्थात लोरीमा बम लगेर बिष्फोट गरिएको हुनसक्ने बयान दिएका छन । आसपासका सर्वसाधारणले बिष्फोट ठूलो भूकम्प आए जस्तो लागेको बताएका छन ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्