केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिय सरकार गठनमा राष्ट्रपतिको चासो, बिहीबारबाट बहुमतिय प्रक्रिया

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा दलहरुसंग चासो राख्नु भएको छ । सहमतिय सरकार गठनका लागि प्रदान गरेको समयसीमा सकिदै गरेकाबेला राष्ट्रपतिले सर्वदलिय बैठक आह्वान गरी चासो व्यक्त गर्नुभएको हो । बैठकमा सहमतिको सरकार गठनमा प्रयास गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रिय सहमतिका सरकार गठन नभए बिहीबारबाट बहुमतीय प्रक्रिया सुरु हुने राष्ट्रपतिले बताउनु भएको थियो । दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकारका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताउनु भएको थियो । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी नेता टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायत हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतो, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्