केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपा गल्दै, आन्दोलनका कार्यक्रम स्थगित

सहयात्रा टिभी

काठमाडौं । दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आमहडतालसहितका कार्यक्रम घोषणा गरेको नवगठित राष्ट्रिय जनता पार्टी (राजपा) सहित संघीय गठबन्धनले अन्ततः आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । भारतीय दुतावासमा मंगलवार बिहान भारतीय राजदूत मञ्जितसिंह पुरीसंग ब्रेकफाष्ट मिटिङ गरेको दोस्रो दिन राजपासहितको गठवन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो । राजदूत पुरीले आन्दोलन नभइ निर्वाचनमा सहभागी हुन सुझाव दिएका थिए । यसअघि राजपासहित गठवन्धनका नेताहरुले संविधान संशोधन नभएको, जनसंख्याको आधारमा तराईमा स्थानीय तहको संख्या नथपिएको लगायतका माग राख्दै आन्दोलनमा जाने निर्णय गरेका थिए । निर्वाचनमा सहभागी हुने नहुनेबारे भने केही निर्णय भएको छैन । सरकारले राजपासहित असन्तुष्ट दलहरुलाई सहभागी गराउन दोस्रो चरणको निर्वाचन असार १४ गतेलाई सारेको छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्