केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार सुधारको बाटोमा

सहयात्रा टिभी

काठमाडौं । यो हप्ता लगातार ओरालो लागेको सेयर बजार अन्तिम समयमा आएर सुधारको बाटोतर्फ लागेको छ । नेप्से १३.६८ विन्दुले बढेर परिसूचक १६०८.११ विन्दुमा पुगेको छ । कारोबार अवधिमा १४४ कम्पनीको ११ लाख ५३ हजार कित्ता सेयर ६७ करोड ९३ लाख ५४ हजार रुपैयाँको किनबेच भएको छ । उत्पादन तथा प्रशोधन कम्पनीको परिसूचक ओरालो लागेको छ भने बाँकी सबै समूहको परिसूचक उकालोमा छ । कारोबार अवधिमा स्टान्र्डर चार्टर बैंकको सबैभन्दा बढी पाँच करोड ३९ लाख ३४ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै बैंक अफ काठमाडौंको दुई करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । हिमालयन जनरल इन्स्योरेन्सको दुई करोड ४९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्