केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिराटनगर र बीरगंज महानगरपालिका घोषणा

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतको आदेशको बेवास्ता गर्दै सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले दुवै उपमहागरलाई महानगर घोषणा गरेको हो । सरकारले यसअघि तराई मधेसमा २२ स्थानीय तह थप्नुका साथै बिराटनगर र वीरगञ्ज महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सरकारले सर्वोच्चको अन्तरिम आदेश र निर्वाचनलाई यो निर्णयबाट कुनै असर नपर्ने जनाएकोे छ ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्