केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल विद्युत प्राधिकरणलाई एलईडी बल्ब खरिद गर्ने बाटो खुला

सहयात्रा टिभी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई एलईडी बल्ब खरिद गर्ने बाटो खुला भएको छ। प्राधिकरणले भारतबाट दुई करोड एलईडी बल्ब किन्ने निर्णय गरेपछि त्यसविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेपछि एलईडी बल्ब किन्ने बाटो खुला भएको हो।  न्यायाधीशद्वय दीपकराज जोशी र मीरा खड्काको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो। सर्वोच्चको यो ठहरसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म एलईडी बल्ब खरिदको प्रक्रियामा रोकिनेछैन।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्