केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कामु प्रधानन्यायाधीश पराजुलीद्वारा पदभार ग्रहण

सहयात्रा टिभी

बैशाख १८, २०७४ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधिश नियुक्त भएसंगै पदभार ग्रहण गर्नुभएको छ । आज सार्वजनिक बिदा परेकाले पराजुलीले राती नै पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै पराजुलीले आफूले सदैव संविधान र कानूनको पालना गर्ने प्रतिक्रिया दिनुभयो । पराजुलीले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता हुनु ‘दुखद’ बताएपनि थप प्रतिक्रिया दिन चाहनु भएन । यसैबीच, प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनले महाअभियोग प्रस्तावको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्