केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हैदरावाद विजयी, आज मुम्बइ र बेङलोर तथा पुने र गुजरात भिडने 

सहयात्रा टिभी

बैशाख १८, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति हैदराबादले कोलकाता नाइट राइडर्समाथि ४८ रनको जित निकालेको हो । २ सय १० रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित बीस ओभरमा सात विकेटको नोक्सानीमा १ सय ६१ रनमात्र जोड्न सक्यो । उसका लागि रोबिन उथप्पाले ५३ तथा मनिष पाण्डेले ३९ रन बनाए । बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार, मोहम्मद सिराज र सिद्धार्थ कौलले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले कप्तान डेविड वार्नरको आक्रामक इनिङसंगै निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । वार्नर १ सय २६ रनमा पेभेलियन फर्के । ५९ रन खेल्दै वार्नरले आठ छक्का र दस चौकाको मद्दतले १ सय २६ रन बनाए । त्यस्तै केन विलियमसनले चालिस रन बनाए । प्रतियोगिता अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेञ्जर्स बेङ्लोर तथा राइजिङ पुने सुयरजायन्ट र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्