केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेद्वारा महाअभियोग प्रस्तावको विरोध, आजै घोषणापत्र

सहयात्रा टिभी

बैशाख १८, २०७४ । पछिल्लो राजनीतिक घटनाक्रममाथि छलफलका लागि प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी समिति वैठक बस्न लागेको छ । पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने बैठकमा प्रधानन्यायाधीशमाथिको महाअभियोग र विकसित घटनाक्रममाथ आफनो धारणा तय गर्नेछ । बैठक अघि एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । सत्तारुढ दल कांग्रेस र माओवादीले प्रधानन्यायाशीस सुशीला कार्की विरुद्ध दर्ता गराएको महाअभियोग प्रस्तावप्रति एमालेले तीव्र असन्तुष्टि जनाएको छ । एमालेले यसलाई अधिनायकवादको पूर्वअभ्यास भनेर टिप्पणी गरेको छ । एमाले वैठकमा महाअभियोग प्रस्ताववारे छलफल हुनेछ । यसबाहेक संविधान संसोधन प्रस्तावमा पार्टीले लिएको अडान, संसदको आगामी वैठकमा खेल्ने भूमिका लगायतका विषयमा पनि छलफल हुने सचिव भट्टराईले बताउनुभयो ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्