केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाअभियोगबारे राष्ट्रपतिलाइ प्रधानमन्त्रीको ब्रिफिङ

सहयात्रा टिभी

बैशाख १८, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बिद्या भण्डारीलाई जानकारी गराउनु भएको छ । भेटका लागि आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो । प्रधानन्यायाधीस सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि राष्ट्रपति भण्डारीले चासो राख्नु भएको थियो । यो बिषयमा राष्ट्रपतिले प्रधानमन्त्रीसंग हिजो नै भेट गर्न चाहे पनि प्रधानमन्त्री दाहाल आज बिहान मात्रै शीतल जानु भएको हो । उहाँहरुबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्