केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ शक्तिको घोषणा पत्र सार्वजनिक– मुलुकको समृद्धि प्रमुख लक्ष्य

सहयात्रा टिभी

बैशाख १८, २०७४ । संघीय समाजवादी फोरमको चुनाव चिन्हमा निर्वाचन लडन लागेको नयाँ शक्ति नेपालले पनि आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी स्थापनादेखि नै समृद्धिको नारा बोकेको नयाँ शक्तिले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना बनाएको छ । २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने पार्टीको लक्ष्य छ । नयाँ शक्तिले ‘समृद्धि’ लाइ नै प्रमुख लक्ष्य बनाएको छ । नेपालका सबै जाति, क्षेत्र, लिंग, समुदाय, वर्गको साझा चाहना र पहिलो आवश्यकता विकास र समृद्धि नै भएको घोषणापत्रमा उल्लेख छ । कमसेकम दुई दशक निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने विकास नीति, आर्थिक वृद्धि र समन्यायिक वितरणको गतिशील सन्तुलन, वातावरणीय संरक्षण तथा प्राकृतिक सम्पदाको उपभोगमा वैज्ञानिक नीति अवलम्बन गर्ने नीति पार्टीले लिएको छ ।
घोषणापत्रका प्रमुख विशेषता –

  • अवको ५ वर्ष अर्थात् सन् २०२२ सम्ममा आम गरीवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने ।
  • सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरू हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पु¥याउने ।
  • सन् २०४० सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पु¥याउने ।
    ड्ड प्रतिव्यक्ति औसत आम्दानी २,००० डलर पु¥याउने ।
  • कूल गार्हस्थ बचत कूल ग्रार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने ।
  • निरपेक्ष गरीबीको रेखामुनि रहेका जनसंख्यालाई १० प्रतिशतमा झार्ने ।
  • कूल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४५ प्रतिशत, औद्योगिक क्षेत्रको २० प्रतिशत र उत्पादन क्षेत्रको योगदानलाई १५ प्रतिशत पु¥याउने ।
  • वस्तु तथा सेवाको निर्यात कूल गार्हस्थ उत्पादनको २० प्रतिशत पु¥याउने, आयातलाई ३० प्रतिशतमा झार्ने ।

माथि उल्लेखित लक्ष्यहरु हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, ठूला पूर्वाधारहरुको तीब्र विकास र विस्तार, उत्पादनशील उद्योगहरूको विकास, पर्यटन तथा अन्य सेवामूलक क्षेत्रको गुणस्तरीय विकास र विस्तार, दक्ष जनशक्ति उत्पादन, सन्तुलित वित्त व्यवस्थापन र ठूलो मात्रामा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका माध्यमबाट दुई अंकको वृद्धिदर हासिल गर्ने कार्ययोजना बनाइनेछ ।
अन्य पार्टीप्रतिको दृष्टिकोण–

  • नेपाली कांग्रेस गणतान्त्रिक आन्दोलनको मुख्य शक्ति भनेर भ्रम छर्न खोजिरहेको ।
  • नेकपा एमालेः सामाजिक फासीवादी
  • माओवादी केन्द्रः ‘लम्पसारवादी’
  • राप्रपाः ‘जता मल्खु, उतै ढल्कु’
  • मधेसकेन्द्रित दलः राष्ट्रिय भावना आत्मसात गर्न नसक्ने

 

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्