केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाली नेता किमलाई भेटने ट्रम्पको इच्छा

सहयात्रा टिभी

बैशाख १९, २०७४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनसंग भेट गर्न इच्छुक रहेको बताएका छन । समाचार संस्था ब्लुमबर्गलाइ अन्तर्वार्ता दिनेक्रममा राष्ट्रपति ट्रम्पले अनुकुल परिस्थितिमा किमसंग भेट भए आफू खुशी हुने बताए । लगत्तै ह्वाइटहाउसका प्रवक्ताले वक्तव्य जारी गरी तत्काल दुइ नेताबीच भेट सम्भव नभएको प्रतिक्रिया दिएका छन । उनले ट्रम्पलाइ भेटन उत्तर कोरियाली नेता किमले धेरै शर्तहरु पूरा गर्नुपर्ने बताए । उनले उक्साहटपूर्ण आणविक गतिविधि बन्द गर्न पनि उत्तर कोरियालाइ आग्रह गरेका छन । ट्रम्प प्रशासनले उत्तर कोरियाको आणविक कार्यक्रममाथि रोक लगाउन कुटनीतिको भरपुर प्रयोग गरिरहेको छ । यसअघि ट्रम्पल किमलाइ निकै चलाक व्यक्ति भनेका थिए ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्