केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुनेले गुजरातलाइ हरायो, आज दिल्ली र हैदरावाद भिडने

सहयात्रा टिभी

बैशाख १९, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा राइजिङ पुने सुयरजायन्ट विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पुनेले गुजरात लायन्स माथि पांच विकेटको जित निकालेको हो । १ सय ६२ रनको लक्ष्य पुनेले खेल सकिन एक बल अगावै पांच विकेटको नोक्सानीमा पूरा ग¥यो । उसका लागि बेन स्टोक्सले अविजित १ सय ३ रन बनाए । ६३ बलमा ६ छक्का र सात चौकाको मद्दतले स्टोक्सले १ सय ३ रनको इनिङ खेले । बलिङतर्फ गुजरातका प्रदीप साङवान र बसिल थाम्पीले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात खेल सकिन एक बल अघि नै १ सय ६१ रनमा समेटिएको थियो । उसका लागि ब्राण्डम म्याकलमले ४५ रन बनाए । बलिङमा पुनेका जयदेव उन्धकट र इमरान ताहिरले समान तीन–तीन विकेट लिए । प्रतियोगिता अन्तर्गत आज दिल्ली डेयर डेभिल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्