केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन प्रक्रिया सुरु, मनोनयन जारी

सहयात्रा टिभी

निर्वाचन प्रक्रिया सुरु, मनोनयन जारी
१९ बैशाख,आगामी बैसाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएको छ । निर्वाचनका लागी आज २ सय ८३ स्थानीय तहमा उमेद्वारको मनोनयन दर्ता सुरु भएको हो । आयोगले पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका ती स्थानीय तहमा निर्वाचन गर्दैछ । आयोगले मनोनयन दर्ताका लागी बिहान १० बजेदेखी ५ बजे सम्मको समय छुट्याएको छ । उमेद्वारको मनोनयन लगत्तै आजै सा“झ उम्मेद्बारको सूची प्रकाशित गरिनेछ । भोलिसम्म दाबी बिरोधको समय दिइएको छ । आयोगले २१ गते नाम फिर्ताको समय दिने बताएको छ । त्यस्तै २२ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र सोहि दिन चुनाव चिन्ह प्रदान गर्ने आयोगको तयारी छ ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्