केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण कोरियामा अमेरिकी मिसायल प्रतिरक्षा प्रणाली संचालनमा

सहयात्रा टिभी

बैशाख १९, २०७४ । अमेरिकी सेनाले दक्षिण कोरियामा स्थापना गरेको थाड नामक विवादास्पद मिसाईल प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीले उत्तर कोरियाले प्रक्षेपण गर्ने कुनै पनि क्षेप्यास्त्रलाई विफल पार्ने दावी गरिएको छ । मिसाईल पुर्ण रुपमा परिचालन हुन अझै केही महिना लाग्ने अधिकारीहरुले बताएका छन् । कोरियाली प्रायद्धिपमा अमेरिकी युद्धपोत पुगेपछि तनाव उत्पन्न भएको हो । अमेरिकी दुईवटा वमवर्षक विमानले यसअघि नै दक्षिण कोरियाको वायु सेनाको वेस क्याम्पबाट अभ्यास गरिरहेका छन् । थाडलाई मध्य दक्षिण कोरियाको सियोङजुमा स्थापना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्