केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै महानगरमा कांग्रेसका उम्मेद्वारको टुंगो

सहयात्रा टिभी

बैशाख १९, २०७४ । स्थानीय तहको निर्वाचनका लागि धमाधम उम्मेदवारी मनोनयन गरिदैछ । प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतले उम्मेदवारी दर्ता गरिरहेका छन । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४ वटै महानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाएको छ । कांग्रेसले काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर गरी चारवटै महानगरपालिकाको उमेद्वार टुंगो लगाएको हो । काठमाडौंको मेयरमा राजुराज जोशी, उपमेयरमा हरिप्रभा खड्गी, ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेद्वार चयन गरिएका छन । त्यस्तै पोखरामा रामजी कुँवर मेयर र सरस्वती गुरुङलाई उपमेयर, भरतपुर महानगरापालिकामा मेयरमा दिनेश कोइराला र पार्वती शाहलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्