केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपति चुनावको माग गर्दै भेनेजुयलामा प्रदर्शन चर्कियो

सहयात्रा टिभी

बैशाख २०, २०७४ । भेनेजुयलामा सरकार बिरोधी प्रदर्शन चर्किएको छ । राष्ट्रपति चुनावको माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति निकोलास माडुरोबिरुद्ध नारा लगाएका छन । उनीहले मुलुकका प्रमुख सडकमार्ग अवरुद्ध पार्दै यातायात आवागमन समेत ठप्प पारेका छन । मुुलुकको राजनीतिक र आर्थिक अवस्था संकटग्रस्त हु“दा पनि राष्ट्रपति गम्भीर नभएको भन्दै उनीहरुले राष्ट्रपति मादुरोलाइ राजीनामा दिन दवाव दिएका छन । राष्ट्रपति मादुरोले भने विदेशीको उक्साहटमा प्रदर्शन भैरहेको आरोप लगाएका छन । अमेरिका र ब्राजिलले मादुरा निरंकुश बन्दै गएको टिप्पणी गरेका छन । बिपक्ष्ँीहरुले भने चुनावबाट मादुरोलाइ हटाउन चाहेको बताएका छन । राष्ट्रपतिबिरुद्धको प्रदर्शनमा हालसम्म २८ जनाको ज्यान गैसकेको छ । यसअघि राष्ट्रपति मादुरोले वार्तामा आउन गरेको आग्रह बिपक्षीले अस्वीकार गरेका थिए ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्