च्याम्पियन्स लिगमा रियल मेड्रिडको जित, रोनाल्डोको ह्याट्रिक

सहयात्रा टिभी

बैशाख २०, २०७४ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड विजयी भएको छ । सेमिफाइनलको पहिलो लेगमा डिफेन्डिङ च्याम्पियन रियलले एथ्लिट्को म्याड्रिडमाथि ३–० को जित निकालेको हो । रियलको जितमा तीनवटै गोल क्रिष्टियानो रोनाल्डोले गरे । रोनाल्डोले क्रमशः १० औं, ७३ औं र ८६ औं मिनेटमा ह्याट्रिक गर्दै रियललाई जित दिलाए । जितसंगै चार वर्षमा तेस्रो पटक रियल फाइनल नजिक पुगेको छ ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्