केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज उम्मेदरमाथि दावी बिरोध र उजुरीको जाँच

सहयात्रा टिभी

बैशाख २०, २०७४ । स्थानीय तह निर्वाचन अन्र्तगत आज मनोनयन दर्ता गरेका उम्मेदवार माथि दावी विरोधको समय छुट्याईएको छ । बिहान १० बजेदेखि सा“झ ५ बजेसम्म दावी विरोध गर्न सकिने छ । उम्मेदवारमाथि परेका उजुरीमाथि पनि आजैबाट जा“चबुझ सुरु हुँदैछ । भोलि उम्मेदवारलाई नाम फिर्ताको समय दिएर अन्तिम नामावली प्रकाशन गरिनेछ । पर्सी आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ । अन्तिम नामावलीमा परेका उम्मेदवारले बैसाख २८ गतेसम्म प्रचारप्रसारका लागि समय पाउनेछन् । पहिलो चरणमा निर्वाचन हुने २ सय ८३ मध्ये २ सय ७८ स्थानीय तहको उम्मेदवार दर्ताको सूची केन्द्रमा प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्