केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वारलाइ कारवाही गर्ने प्रमुख निर्वाचन आयुक्तको चेतावनी

सहयात्रा टिभी

बैशाख २०, २०७४ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । नेत्रहीन संघले काठमाडांैमा गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै डाक्टर यादवले निर्वाचन आचारसंहिता पालना गराउन आयोग गम्भीतापूर्वक लागेको जानकारी दिनुभयो । उहाँले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिताको पूर्ण पालना गर्न सबै दलका उम्मेदवारलाइ आग्रह समेत गर्नुभयो । निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्