केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन अवधिभर इन्धनको मूल्य नबढ्ने

सहयात्रा टिभी

बैशाख २०, २०७४ । मुलुक निर्वाचनमा होमिएकाबेला बजारमा इन्धन अभाव हुनसक्ने आशंकालाइ चिर्दै नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढ्ने स्पष्ट पारेको छ । भारतबाट मूल्य वृद्धि भएर आएपनि यहाँ इन्धनको मूल्य नबढाउने निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली र नेपालरभारत सीमाको मूल्य अन्तरअनुसार बढाउनुपर्ने भएपनि स्थानीय निर्वाचन नजिकिएकाले मूल्य बढाउने अवस्थामा नरहेको निगमका अधिकारीले बताएका छन । आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपर्छ । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू गरेको थियो । तर, यसको प्रभावकारी कार्यान्वयन भने भएको छैन । जानकारहरूका अनुसार निर्वाचन नजिकिएकाले मूल्य तलमाथि गर्दा आचारसंहिता लाग्न सक्छ ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्