केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपाका नेताले लोकतन्त्रको पाठ सिकाउनु पर्दैन– यादव

सहयात्रा टिभी

बैशाख २०, २०७४ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संघीयता, गणतन्त्र लगायत परिवर्तनका उपलब्धि जोगाउन आफनो पार्टी निर्वाचनमा होमिएको बताउनु भएको छ । पार्टी कार्यालय तिनकुनेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन नभइ निर्वाचनमा गएको भनी राष्ट्रिय जनता पार्टी (राजपा)ले लगाएको आरोपको कडा जवाफ फर्काउनु भएको हो । उहाँले आफनो विरोध गर्नेहरु नै निर्वाचन आयोगमा चुनाव चिन्ह माग्न गएको होइन ? भन्दै प्रश्न गर्नुभयो ।
अध्यक्ष यादवले पूर्वराजा ज्ञानेन्द्रको नातिको ब्रतबन्धमा जानेले लोकतन्त्र र संघीयताको पाठ सिकाउनु हास्यास्पद रहेको भन्दै राजपा नेता राजेन्द्र महत्तोप्रति व्यङ्ग्य गर्नुभयो । उहाँले सरकारले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाइसकेकाले त्यसअनुसार संशोधन विधेयक अघि बढने विश्वास व्यक्त गर्नुभयो । यादवले आईजीपीको बहानामा प्रधानन्यायधीशमाथि लगाएको महाअभियोग गलत भन्दै तुरुन्त महाभियोग फिर्ता लिन आग्रह समेत गर्नूभयो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्