केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावमा माओवादीसंग तालमेल हुनसक्छ –कांग्रेस

सहयात्रा टिभी

बैशाख २०, २०७४ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रसंग सहकार्य हुनसक्ने जनाएको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रसंग सहकार्यका लागि छलफल भैरहेको जानकारी दिनुभयो । उहाँले उम्मेदवार मनोनयन कै क्रममा कतिपय स्थानीय तहमा कंग्रेसको उम्मेदवार निर्विरोध चयन भइसकेको जानकारी दिनुभयो । मनाङको नार्फु गाउँपालिका प्रमुखमा मिङ्मा छिरिङ लामा, म्याग्दीको सघुगंगा गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्षमा एकबहादुर गर्बुजा र वडा नम्बर ८ मा पनि वडा सदस्यहरु खमबहादुर छन्त्याल, महिला सदस्य प्रिति गर्वुजा र दलित महिला सदस्य यामकुमारी गोतामे निर्विरोध भएको उहाँले बताउनुभयो । यस्तै गोरखा, सिन्धुपाल्चोकका विभिन्न गाउँपालिकाको वडा अध्यक्ष र सदस्य पनि निर्विरोध भएको लेखकले बताउनुभयो । मन्त्री लेखकले पार्टी भित्र छलफल गरेर अब चाडै नै गृहमन्त्रीको टुङ्गो लाग्ने दावी गर्नुभयो ।

प्रकाशित : 3 May, 2017

प्रतिक्रिया दिनुहोस्