केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवनारीद्धारा माझी बच्चाको शिक्षाका लागि सांगीतिक कार्यक्रम

सहयात्रा टिभी

नवनारी मिडिया एण्ड रिसर्च प्रालि ले यहि बैशाख १९ गते मंगलबार राष्ट्रिय नाचघर जमलमा नवनारी संगीतिक साँझ तथा महिला पत्रकार सम्मान कार्यक्रम गरेको थियो । कार्यक्रम सांसद, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण परिषदकी सभापति रन्जु कुमारी झा को प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

नवनारी मिडियाबाट महिलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका महिला पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । दुईचरणमा भएको कार्यक्रममा पहिलो चरणमा सम्मान कार्यक्रम भएको थियो भने दोस्रो चरणमा पूर्ण रुपमा मनोरन्जनात्मक कार्यक्रम गरिएको थियो ।
यस्तै, गायिका तथा उद्घोषिका मन्जु पौडेलले सञ्चालन गरेको कार्यक्रममा दर्शकले हल खचाखच भरिएको थियो भने गायक दिपक लिम्बु, गायिका जुनु रिजाल, गायक राज सिग्देल, गायक तथा संगीतकार बिनोद पछाई, गायिका राधिका हमाल, अभिनेत्री कविता शर्मा, कलाकार रन्जु पाण्डे लगायत थुप्रै लोकप्रिय कलाकारले दर्शकलाई भरपूर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा पेज थ्री बुटिकको समर कलेकसनमा मोडलहरु र्याम्पमा उत्रेका थिए । सो कार्यक्रम गुल्मी जिल्लाको बम्घा गाबिसका माझी बालबालिकाहरुको सहयोगार्थ नवनारीले आयोजना गरेको थियो । हाल एकसय भन्दा बढी बालबालिकाको उज्यालो शिक्षाको ज्योतिवाट कोही वालवालिका पनि वञ्चित हुनु नपरोस भनेर नवनारी मिडियाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस्तै, नवनारी मिडियाले त्यहां अवस्थित माझी महिलाहरुको उत्थानका लागि आर्थिक आत्मनिर्भर बनाउन बाख्रा पालनमा पनि सहयोग गर्दै आएको छ ।

प्रकाशित : 4 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्