केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचनको औचित्य पुष्टि गर्न एमालेको माग

सहयात्रा टिभी

वैशाख २१, २०७४ । नेकपा एमालले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको औचित्य पुष्टि गर्न निर्वाचन आयोगसँग माग गरेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङको नेतृत्वमा पुगेको टोलीले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकोले त्यसअघि नै निवार्चन गर्नुपर्ने भन्दै आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको हो । जेठ ३१ गते मुस्लिम धर्मावलम्बीहरुको चाड रमजान परेकाले मतदान गर्न उपयुक्त नहुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस्तै चुनावका नाममा बजेट सार्ने वा बजेट पछि निवार्चन गर्ने दुवै विकल्प उपयुक्त नभएको एमालेको दाबी छ । पहिलो चरणको मतपरिणाम सार्वजनिक गरेर दोस्रो चरणको निवार्चन गर्न उपयुक्त नहुने र एक महिनासम्म मतपेटिका राख्न पनि नमिल्ने भन्दै एमालेले त्यसतर्फ गम्भीर हुन आयोगसँग आग्रह गरेको छ ।

प्रकाशित : 4 May, 2017

प्रतिक्रिया दिनुहोस्