आजपनि कार्कीमाथिको सुनुवाई

सहयात्रा टिभी

वैशाख २२, २०७४   प्रधानन्यायाधीस सुशीला कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव सम्बन्धमा परेको रिट माथि सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदैछ । न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा  कानुन व्यबसायीले बहसलाई निरन्तरता दिनेछन् । हिजो कानुन व्यबसायी दिनेश त्रिपाठी र टीकाराम भट्टराईले बहस गर्नुभएको थियो । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनिलरञ्जन सिंहले प्रधानन्यायाधीश कार्काीविरुद्ध महाभियोगको प्रस्ताव संविधान विपरीत भएको जिकिर गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । निवेदनमा महाभियोगसम्बन्धी कुनै पनि काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग गरिएको छ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्