केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ शक्तिका अपहरित उम्मेद्वार सकुशल भेटिए

सहयात्रा टिभी

बैशाख २२, २०७४ । बुधवार बेलुकी अपहरणमा परेका नयाँ शक्ति पार्टी नेपालका उम्मेद्वार मदन गिरी गोदावरीको जंगलमा सकुशल भेटिएका छन । गिरीले आज बिहान आफैले परिवारलाइ फोन गरी आफू सकुशल रहेको जानकारीसहित लिन आउन खवर गरेका थिए । परिवारले प्रहरीलाइ खबर गरेपछि गिरीको गोदावरी जंगलबाट उद्दार गरिएको हो । गिरी नागार्जुन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार हुन । प्रहरीले गिरी अपहरणमा नपरेको बरु अन्य कारणले बेपत्ता भएको हुनसक्ने आशंका गरेको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्