केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैशाख ३१ गते सार्वजनिक बिदा, शैक्षिक संस्था एक हप्ता बन्द

सहयात्रा टिभी

काठमाडौं । सरकारले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने दिन बैशाख ३१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्वाचन हुने तीनवटै प्रदेशहरू ३, ४ र ६ मा सार्वजनिक बिदाको निर्णय गरेको हो । दोस्रो चरणमा मतदान हुने प्रदेशहरू १,२, ५ र ७ मा भने त्यो दिन सार्वजनिक बिदा हुने छैन । यस्तै गृह र शिक्षा मन्त्रालयसँग समन्वय गरेर शैक्षिक संस्था बन्द गरिनेछन । निर्वाचन हुने क्षेत्रका शैक्षिक संस्था एक साता बन्द हुनेछन् ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्