केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महाअभियोग प्रकरण बल्झियो, प्रधानन्यायाधीशलाइ काममा फर्काउन सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेकी सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउन अन्तरिम आदेश दिएको छ । अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव यथावत् राख्दै प्रधानन्यायाधीश कार्कीलाइ आजैका मितिदेखि काममा फर्काउन आदेश दिएको हो । न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले कार्कीबिरुद्धको रिटमाथि सुनुवाइ गरेको हो । महाअभियोग नेपालको संविधानको मर्म र भावना अनुकूल नभएको सर्वोच्चको निष्कर्ष छ । सर्वोच्चले भनेको छ, व्यवस्थापिका संसदको सचिवालयमा दर्ता भएको मिति २०७४ वैशाख १७ को महाअभियोग प्रस्ताव र व्यवस्थापिका संसदको महासचिवले जारी गरेको मिति २०७४ वैशाख १७ को पत्रसमेत यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ । सर्वोच्चको यो आदेशपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार क्षेत्रबारे पुनः बहस हुने निश्चित छ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्