केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद्मा एमालेको अवरोध, अर्को बैठक आइतबार बस्ने

सहयात्रा टिभी

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले संसद्मा अवरोध कायमै राखेपछि व्यवस्थापिका संसद्को बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । प्रधानन्यायाधीश सुशील कार्कीबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची भएपनि एमालेको विरोधका कारण छलफल अघि बढन सकेन । बैठक सुरु भए लगतै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुखले महाअभियोग प्रस्तावका प्रस्तावका कांग्रेस नेता मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिइन् । सांसद विश्वकर्मा अघि जान खोज्दा एमाले सांसद्हरुले उनलाइ रोकेका थिए । संसद्मा एमाले सांसद्को निरन्तर नाराबाजी र प्रस्तावक नै रोष्टममा जान नपाएपछि सभामुख ओनसरी घर्ती मगरले बैठक आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरिन । प्रधानन्यायाधीश कार्कीको कार्यशैली स्वेच्छाचारी भएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले बैशाख १७ गते संसदमा महाअभियोग दर्ता गराएका थिए ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्