केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहयात्रामा– दाङको सामुदायिक सिंचाइ आयोजना

सहयात्रा टिभी

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक शुक्रवार साँझ ६ बजेर ५ मिनेटमा  प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती कार्यक्रम सहयात्रामा आज दाङको सामुदायिक सिंचाइ आयोजनाको विषयवस्तु समेटिएको छ । नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सहयोगमा सामुदायिक सिंचाइ आयोजना देशका बिभिन्न १२ जिल्लामा लागु गरिएको छ । सोही अन्तर्गत दाङको सिंचाइ आयोजनाबारे आजको कार्यक्रम निर्माण गरिएको छ । आयोेजनाले गरीव, बिपन्न र समाजिक रुपले पिछिडिएका कृषकहरुलाइ प्रत्यक्ष लाभ दिएको छ ।
समग्र आयोजनाको कार्यक्षेत्र हिमाल, पहाड र तराईका जिल्ला रहेका छन । तराईमा कंचनपुर, कैलाली, दाङ र कपिलवस्तु, पहाडमा डोटी, सल्यान, रुकुम, रोल्पा र प्युठान, हिमालमा बझाङ, मुगु र जुम्लामा आयोजना संचालन गरिएको छ । परियोजना सन् २ हजार एघार फेब्रुअरी ८ तारिखबाट सन २ हजार सत्र फेबु्रअरी २८ २०१८ जनवरी १५ तारिखसम्म संचालन गरिएको थियो । आयोजनाको कुल लागत ३४ मिलियन यु एस डलर रहेको छ । सहयात्राको पुनः प्रसारण आइतबार बिहान साढे दशबजे हुने गर्दछ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्