केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुशीलालाई ओलीको बधाइ

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्धको महाअभियोग प्रक्रिया अघि नबढाउन आदेश दिएपछि प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी ओलीले कार्कीलाइ बधाइ दिनुभएको छ । राजधानीमा शुक्रवार एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चले कार्कीलाइ काममा फर्काउन दिएको आदेशले कार्कीमाथि न्याय र सम्मान भएको बताउनुभयो । उहाँले यो घटनाबाट मुलुकमा न्याय मरेको छैन भन्ने प्रमाणित भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘ प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई भन्न चाहन्छु, उहाँको सुकिर्ती फैलियोस् । उहाँमाथि हमला गर्ने प्रवृत्ति अनुचित छ ।’ सर्वोच्चको आदेशलाइ आफू र आफनो पार्टीको समर्थन रहेको उहाँले बताउनुभयो । तत्काल महाअभियोग फिर्ता नभए कांग्रेस र माओवादीले दुर्गती भोग्ने चेतावनी उहाँले दिनुभयो ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्