केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के हुँदैछ ? महाअभियोगबारे राष्ट्रसंघ पनि बोल्यो

सहयात्रा टिभी

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएको एक हप्तापछि संयुक्त राष्ट्रसंघले पनि मुख खोलेको छ । राष्ट्रसंघको मानवअधिकार आयोगले बिज्ञप्ती निकालेर राजनीतिक पूर्वाग्रहका आधारमा महाअभियोग लगाउन नहुने जनाएको छ । आयोगका प्रमुख जेद राद अल हुसैनले प्रधानन्यायाधीश कार्कीको प्रशंसा गर्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन । राष्ट्रसंघले पनि यो विषयमा बोलेपछि अब यो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग प्रस्ताव ल्याउँदा कोही बोलेका थिएनन । धेरैले सार्वभौम संसद् भन्दा ठूलो कोही नहुने भन्दै न्यायालयको आदेशलाइ चुनौती समेत दिएका छन ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्