केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा.सत्यमोहन जोशीलाई ‘वाङमय शताब्दी पुरूष’ को उपाधि

सहयात्रा टिभी

काठमाडौं । सरकारले इतिहासबिद् डा.सत्यमोहन जोशीलाई ‘वाङमय शताब्दी पुरूष’ को उपाधि प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकले डाक्टर जोशीलाइ सो उपाधि प्रदान गरेको हो । जोशीलाइ सो उपाधि प्रदान गर्ने निर्णयको स्वागत गर्दै साहित्यकार नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं,  दिनानाथ शर्मा, डा.मोदनाथ प्रशित, तुलसी दिवस, उषा शेरचन लगायतले घरमै पुगी जोशीलाई बधाइ तथा शुभकामना दिनुभयो । 

डा.जोशीलाई राज्यबाट ‘वाङमय शताब्दी पुरूष’ प्रदान गर्न त्रिमूर्ति निकेतन र नइ प्रकाशनले धेरै समयअघिदेखि पहल गर्दै आएको थियो ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्