केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फ्रान्समा आइतबार राष्ट्रपतिय चुनाव, सुरक्षा व्यवस्था चुनौतीपूर्ण

सहयात्रा टिभी

बिबिसि । फ्रान्समा आइतबार हुने राष्ट्रपति चुनावका लागि गरिएको सुरक्षा व्यवस्थामा चुनौती उत्पन्न भएको छ । उत्तर पेरिसबाट एक शंकास्पद व्यक्तिलाइ हतियारसहित पक्राउ गरेपछि सुरक्षा व्यवस्थामा प्रश्न उब्जिएको हो । पक्राउ परेको सो व्यक्ति इस्लामिक स्टेट आइएससंग सम्बन्धीत रहेको आशंका गरिएको छ । उता, ग्रीनपिसका कार्यकर्ताले आइफल टावरमा ब्यानर टाँग्ने बिषयलाइ लिएर प्रहरीको आपतकालिन बैठक बस्नु प¥यो । ब्यानरमा राष्ट्रपति पदका उम्मेदवार म्यारिन ल पेनलाइ नश्लवादीका रुपमा चित्रण गरी विरोध गरिएको थियो । ग्रीनपीसका फ्रान्स प्रमुख फ्रान्स्वां जुलियाले फ्रान्स लगायत अन्य मुलुकमा बढ्दै गैरहेको राष्ट्रवाद र सत्तावादको बिरोध गर्नुपर्ने बताए । चुनावका लागि प्रचारप्रसारको समय पनि सकिएको छ । फ्रान्समा आइतबार नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ । युरोपिली संघका उदारवादी नेता इम्यानुयल म्याक्रो र दक्षिणपन्थी पार्टी फ्रन्ट नेशनलका नेता म्यारिन ल पेनबीच प्रतिष्पर्धा हुन लागेको हो ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्