केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आदेश लगत्तै प्रधानन्यायाधीश नियमित काममा

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्किनुभएको छ । महाअभियोग प्रस्ताव स्थगन गर्दै प्रधानन्यायाधीशलाई काममा फर्कने सर्वोच्चको फैसलापछि कार्की शुक्रवार सा“झदेखि नियमित काममा फर्किनु भएको हो । प्रधानन्यायाधीशले केही प्रशासनिक टिप्पणीमा सदर गर्ने र निर्णय गर्ने काम गरेको सर्वोच्च अदालतले जनाएको छ । न्यायिक काम भने भोलिबाट गर्ने सर्वोच्च प्रशासनले जनाएकोछ । प्रधानन्यायाधीशविरुद्ध वैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्