केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पञ्जाको जित, आइपिएलमा आज दुई खेल

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स एलाभेन पञ्जाब विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति पञ्जाबले रोयल च्यालेञ्जर्स बेङ्लोरमाथि १९ रनको जित निकालेको हो । १ सय ३९ रनको मध्यम लक्ष्य पछ्याएको बेङ्लोर खेल सकिन एक ओभर अगावै १ सय १९ रनमै अलआउट भएको हो । उसका लागि मंदीप सिंहले ४६, पवन नेगीले २१ तथा एबी डिभिलियर्सले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ पञ्जाबका संदीप शर्मा र अक्षर पटेलले तीन–तीन तथा मोहित शर्मा र ग्लेन म्यासवेलले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित बीस ओभरमा सात विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । उसका लागि अक्षर पटेलले ३८ तथा मनन बोहराले २५ रन बनाए । बलिङतर्फ बेङ्लोरका अनिकेत चौधरी र युजभेन्द्र चांचलले समान दुई–दुई विकेट लिए । जितसंगै पांचौ स्थानमा उक्लिएको पंजाबले प्लेअफमा पुग्न अन्तिम चारमा रहने सम्भावना जिवितै बनाएको छ । प्रतियोगिता अन्तर्गत आज सनराइजर्स हैदराबाद र राइजिङ पुने सुपरजायन्ट तथा दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्