केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उम्मेद्वारलाई निर्वाचन चिन्ह

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगबाट २७ दलका उम्मेदवारले दलीय चिह्न पाएका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारलाई आयोगको मतपत्रमा पहिल्यै निर्धारण भइसकेको स्वतन्त्र सूमहको चिह्नहरूबाट छानेर दिइएको हो । उम्मेदवारले प्रचार अवधि ६ दिन मात्रै पाएका छन् । निर्वाचन हुने दिनभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ । उक्त अवधिबाट प्रचार गतिविधिमा संलग्न हुन पाइने छैन । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचारका लागि बढीमा २ वटा जिप र २ वटा मोटरसाइकल अन्यले १ र १ जिप र मोटरसाइकल प्रयोग गर्न पाउने छन् । त्यस्तै, उपमहानगर, नगरपालिका र गाउँपालिकाका सबै पदका उम्मेदवारले प्रचारका लागि बढीमा एउटा जिप र दुईवटा मोटरसाइकल मात्र प्रयोग गर्न पाउने आचारसंहिताले तोकेको छ । सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न पाइने छ । महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार, अन्यले ३ लाख रुपैयाँ चुनावी प्रयोजनमा खर्च गर्न पाउने छन् । त्यस्तै, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ५ लाख ५० हजार, वडाध्यक्ष र सदस्यका लागि २ लाख ५० हजार खर्चको सीमा तोकिएको छ । नगरपालिकाका प्रमुखरउपप्रमुखले ४ लाख ५० हजार, अन्यले २ लाख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार र वडाध्यक्षरसदस्यले १ लाख ५० हजार चुनावी खर्च गर्न पाउने सीमा निर्धारित छ ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्