केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नुवाकोटमा उम्मेद्वारको गाडीमा आगजनी

सहयात्रा टिभी

नुवाकोट । नुवाकोटमा नेपाली काँग्रेसबाट गाँउपालिकाको अध्यक्ष पदका उम्मेदवार रामकृष्ण थापाको गाडीमा आगजनी भएको छ । शिवपुरी गाउँ पालिकाको अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा.११ च ३४९९ नम्बरको को स्कर्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । चुनावी प्रचारबाट फर्केर पञ्चकन्या गाँउपािलकाको वडा नम्बर ५ शिवालयमा रोकिराखेको अबस्थामा गाडीमा आगजनी गरिएको हो । तोडफोड र आगजनीबाट गाडीको इञ्जिन, सिट, झ्यालमा क्षति पुगेको छ ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्