केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद्को विशेषधिकारमाथि हस्तक्षेप– सत्तासाझेदार दल

सहयात्रा टिभी

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्धको महाअभियोग प्रस्ताव यथास्थितिमा राखी प्रधानन्यायाधीश कार्कीलाइ तत्काल काममा फर्कन सर्वोच्चले दिएको आदेशप्रति सत्तारुढ दलहरुले आपत्ती जनाएका छन । कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले सर्वोच्च अदालतको आदेश कार्यपालिकाको विशेषाधिकारमाथि हस्तक्षेप भएको निष्कर्ष निकालेको हो । सर्वोच्च अदालतको महाभियोगसम्बन्धी पछिल्लो आदेश व्यवस्थापिकाको विशेषाधिकारमाथि ठाडै हस्तक्षेप भएको र यो ठूलै ’ग्रान्ड डिजाइन’ भएको माओवादी प्रवक्ता पम्फा भुषालले बताउनुभयो । विपक्षी नेकपा एमालेलगायतका दलले भने अदालतको आदेशको स्वागत गरेका छन् ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्