केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यी ५ खाद्यान्नमा ध्यान दिनुस क्यान्सर आफै भाग्छ

सहयात्रा टिभी

क्यान्सर जो कोहिलाई जे कारणले पनि हुनसक्छ । मुख्यतः खानपान, प्रदुषण र वंशाणु यसका प्रमुख कारण हुन ।
१) ग्रीन टी– अहिले ग्रीन टी पिउने ट्रेन्ड सुरु भएको छ । ग्रीन टी एन्टि अक्सिडेन्टको राम्रो स्रोत हो । यसमा पलिफेनाल्स र फ्लोभोलाइड्स जस्ता तत्व पाइन्छ । यहि कारण ग्रीन टीको नियमित सेवनले क्यान्सरको संभावना कम हुन्छ । ग्रीन टी भन्दा प्राकृतिक ढंगले उत्पादन गरिएको अग्रानिक ग्रीन टी बढी राम्रो हुन्छ ।
२. चेरी– चेरी फाइबर, भिटामिन सी र पोटासियमको राम्रो स्रोत भएकाले यो पनि क्यान्सर विरोधी खाना हो ।
३. ब्रोकाउली, पत्ता गोभी र फूल गोभी– यसमा रहेको ग्लूकोसाइनोलेट्स खानाले आइसोथायोसाइनेट र इनडोल्समा बदलिन्छ । यो तत्वले सुन्निन कम गर्छ, जसले असाधरण कोशिका विभाजन नियन्त्रणमा मद्दत मिल्छ ।
४. ब्लुबेरी– यो एउटा फल हो । यसमा कमालको एन्टिअक्सिडेन्ट शक्ति हुन्छ र यसले फ्रि रेडिकल्सद्वारा डीएनएमा हुने क्षति रोक्छ । यसले मुख, स्तन, गुदा र प्रोस्टेट क्यान्सको कोशिकालाई बढ्न दिदैन ।
५. स्याउ– स्याउमा क्यूरेसटीन, एपीकेटेचिन, एन्थोसायानिन्स र ट्राइटेरपेनाइड्स जस्ता तत्व पाइन्छ, जसमा एन्टि अक्सिडेन्ट गुण भरपुर हुन्छ । यसले क्यान्सरको खतरा कम गर्छ । फोक्सो, स्तन र पेटको क्यान्सरको संभावनालाई स्याउको नियमित सेवनले रोक्छ ।
यसबाहेक स्वस्थ्य जीवनशैली, स्वस्थ्य खानपान, सक्रिय दिनचर्या, व्यायाम, योग जस्ता कुराले क्यान्सर लाग्न दिदैंन ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्