केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यति र महालक्ष्मी बैंक गाभिने

सहयात्रा टिभी

काठमाडौं । यती डेभलभमेण्ट बैंक र महालक्ष्मी विकास बैंक आपसमा गाभिने भएका छन । यति डेभलभमेन्ट बैंकको पन्ध्रौं बार्षिक साधारणसभामा दुवै बैंक आपसमा गाभिने र गाभिए पछि बैंकको नाम महालक्ष्मी विकास बैंक लि. रहने प्रस्ताब पारित भैसकेको छ । त्यस्तै दुबै बैंकको शेयर मुल्य अनुपात १ः१ कायम गर्ने प्रस्ताब पनि पारित भएको छ । साधारण सभाले उपयुक्त बैंक तथा बित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने वा बिदेशी रणनैतिक साझेदार भित्राउने लगायत मर्जर, एक्यूजिसन सम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्ने अख्तियारी संचालक समिति वा संचालक समितीले तोके बमोजिम मर्जर समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गरेको छ । साथै बैंकले यस आर्थिक बर्षको तेश्रो त्रैमासमा रु २१ करोड ७१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको पनि जनाएको छ ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्