केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पुरुषको सौन्दर्य हातमा घडी, रोलेक्स भए शान नै अर्कै

सहयात्रा टिभी

एजेन्सी । भनिन्छ महिलाको सौन्दर्य सुन, चाँदी, हिरा र मोतीका गरगहनामा खुले जस्तै पुरुषको ब्यक्तित्व घडिमा खुल्छ । बिभिन्न क्षेत्रका चर्चित पुरुषहरु कुन ब्राण्ड वा मोडलको घडी बाँध्छन् भन्ने पनि चर्चा भैरहन्छ । अझ घडीका कुनै–कुनै ब्राण्ड त बिलासिता र प्रतिष्ठाको बिषयसमेत बन्ने गरेको छ । सबैभन्दा महत्वपूर्ण ब्राण्डहरुको सूचीमा रोलेक्स घडी एउटा त्यस्तै ब्राण्ड हो । रोलेक्स एसए नाम गरेको बिलासी स्विस घडी निर्माता कम्पनीले बनाउने रोलेक्स घडी सन् १९०५ देखी लन्डनमा बनाउन शुरु गरिएको थियो । तर, सन् १९१९ देखि यो घडीको उत्पादन स्वीट्जरल्याण्डबाट गर्न थालिएको थियो । हान्स विल्सडोर्फ फाउन्डेसनको स्वामित्वमा रहेको यस कम्पनीले कर्पोरेट कर तिर्दैन । किनकि यो घडी निर्माता कम्पनीको मालिक नाफामुलक कम्पनी होइन । फाउन्डेसन हो । जसले कर तिर्नुपर्देन । रोलेक्स एसए कम्पनीले कमाएको नाफाको ५० प्रतिशत रकम फाउन्डेसनले परोपकारी कार्यमा खर्च गर्छ भने बाँकी ५० प्रतिशत नाफा रकम सोही कम्पनीमा थप लगानी गरिन्छ । यो फाउन्डेसनले उपरोपकारी काम के कस्ता गर्छ र कहाँकहाँ गर्छ भन्ने गोप्य रहन्छ । २ हजार जना कामदार कार्यरत रहेको यो कम्पनीले अहिले पनि हातैले रोलेक्स घडी बनाउने गर्छ । अर्थात रोलेक्स घडी बनाउन विषेश गरेर मेसिनको प्रयोग हुदैन । ोलेक्स घडी संसारको सर्बाेच्च चुचुरो सगरमाथा र महासागरको सबैभन्दा गहिराइमा लैजादा पनि ढिलो चाँडो हुदैन ।

सर एडमण्ड हिलारीले सन् १९५३ मा संसारकै सर्बाेच्च शिखर सगरमाथाको चुचुरोमा पुग्दा यो घडी बाँधेका थिए । यस्तै सन् १९६० मा अमेरिकी जलसेना नेभीले महासागरको ३६ हजार ७ सय ९८ फिट गहिराइमा जाँदा पनि यो घडी लगिएको थियो । दुबै ठाउमा यो घडीले समयमा एक सेकेन्ड मात्रै पनि फरक परेन । यो बिलासी घडी चर्चित फुटबलर डेविड बेकह्याम, महान गल्फर टाइगरउड्स, दुनियाकै सेयर बादशाह वारेन बफेट जस्ता हस्तीहरुले समेत लगाउने गर्छन् । रोलेक्स घडीहरुको मुल्य ३ करोड डलरसम्म पर्दछ ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्