केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपेन्द्र यादव एक्लिए, गठवन्धनको संयोजकबाट ‘आउट’

सहयात्रा टिभी

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठवन्धन गठन गरेर राजनीतिक अभियानमा छलाङ मार्ने प्रयासमा रहेका गठवन्धनका संयोजक उपेन्द्र यादवलाइ धक्का लागेको छ । संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवलाइ गठवन्धनको संयोजकबाट हटाएर हालै गठित राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष महन्थ ठाकुरलाइ संयोजक चयन गरिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालको विजुलीबजारस्थित कार्यालयमा बसेको बैठकले संविधान संशोधन नभई स्थानीय चुनावमा भाग लिएको भन्दै कारबाही गरेको हो । यादवले मोर्चाको अस्तित्वमै आँच आउने गरी गठवन्धन बनाएपछि मोर्चाका अधिकांश नेता उनीसंग असन्तुष्ट थिए । यादवले कतिपय अवस्थामा मोर्चालाइ चुनौती दिनेगरी गठवन्धनकातर्फबाट एक्लै निर्णय समेत गरेका थिए । पछिल्लो समय नयाँ शक्तिसंग एकीकरणको अन्तिम तयारीमा रहेका यादव राजपामा समेत अटाएका छैनन ।

प्रकाशित : 6 May, 2017

प्रतिक्रिया दिनुहोस्