केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा एमालेको लगातार अवरोध, सरकार निर्माण प्रभावित हुनसक्ने

सहयात्रा टिभी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भरतपुर महानपालिकाको मतगणना गर्न माग गर्दै बिहीबार पनि व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । मतपत्र च्यातिएपछि स्थगित मतगणना तत्काल सुचारु गर्न माग गर्दै एमालेले बैठक अवरुद्ध पारेको हो । बिहीबार पनि एमाले सांसद्हरुले आ–आफ्नो ठाउँमा उभिएर सदन अवरुद्ध गरेका थिए । सभामुख घर्तीले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरु बसेनन् । एमाले सांसदहरुलाई आ–आफ्नो ठाउँमा बस्न आग्रह गर्दा नमानेपछि सभामुख घर्तीले बैठक जेठ २१ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिन् । यसअघि एमालेले बुधबारको संसद् बैठक पनि अवरुद्ध पारेको थियो । नयाँ सरकार निर्माणका लागि बहुमतिय प्रक्रिया सुरु भएकाबेला संसदको अवरोधले बाधा पुग्ने देखिएको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्