केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ पदाधिकारीको जोश ‘सफा शहर’ अभियान

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले काठमाडौँलाई सफासुग्घर बनाउने अभियान सुरु गरेका छन । उनीहरुले ‘सफा शहर’ अभियान थालेका छन । नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले ‘सफा सहर’ अभियान सुरु गरेका हुन् । बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएका प्रमुख शाक्य र उपप्रमुख खड्गीले अभियोनको पहिलो दिन बिहीबार बूढानीलकण्ड नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारी क्षेत्रमा कुचो लगाउँदै अभियानको सुरुवात गरेका हुन् । मेयर शाक्यले भने, ‘ काठमाडौँलाई सफा बनाउने अठोटका साथ अभियान सुरु गरिएको हो, देखाउनका लागि होइन । ’ उपप्रमुख खड्गीले सहर सफा गर्ने कामका लागि मात्र नभई महानगरका सम्पूर्ण काममा नगरवासीको सहयोग आवश्यक रहेको बताइन । कार्यक्रममा स्थानीय बासिन्दा, सामाजिक संघसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्