केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय परिचयपत्र : विवरण संकलनका लागि घरदैलो

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आगामी साउन महिनाभित्र घर घरमा पुगेर नागरिकहरुको विवरण संकलन गर्ने अधिकारीहरुले बताएका छन्। यस अघि उसले निर्वाचन आयोगले मतदाता परिचयपत्र बनाउँदा प्रयोग गरेको विवरणलाई नै राष्ट्रिय परिचयपत्रमा प्रयोग गर्ने जनाएको थियो। तर आयोगले संकलन गरेका विवरण अपूर्ण भएकाले आफैं विवरण संकलन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन्। केन्द्रले उपलब्ध गराउने भनेको बायोमेट्रिक परिचयपत्रको विशिष्ट महत्व हुने जानकारहरु बताउँछन्।

यहि जेठ महिना देखि सिंहदरबारका कर्मचारीबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने उद्देश्यका साथ काम गरिरहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले अन्तिम समयमा आएर परिचयपत्रका लागि नयाँ विवरण संकलन गर्ने निर्णय गरेको छ।  यस अघि, राष्ट्रिय परिचयपत्रमा निर्वाचन आयोगले संकलन गरेको व्यक्तिगत तथा बायोमेट्रिक विवरण प्रयोग गर्ने बताइएको थियो। बायोमेट्रीक राष्ट्रिय परिचयपत्रमा सवारी चालक अनुमति पत्र, ब्याङ्क खाता, प्यान नम्बर जस्ता अनेकौं तथ्यहरु समावेश गर्न सकिने बताइएको छ। केन्द्रले राष्ट्रिय परिचयपत्रको स्वरुप पनि परिवर्तन गर्ने निर्णय गरेको छ।

राष्ट्रिय परिचयपत्र वितरणसँगै शान्ति सुरक्षा कायम गर्न र कानुन कार्यान्वयन गर्न सजिलो हुने तथा विकास निर्माण, योजना तर्जुमा, सेवा प्रवाहमा मद्दत पुग्ने ठानिएको छ। पाँच वर्षभित्र १६ वर्ष पुगेका सबै नागरिकलाई वितरण गरिसक्ने लक्ष्य लिइएको पनि केन्द्रले बताएको छ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्