केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिलिपिन्समा १० सैनिक मारिए

सहयात्रा टिभी

बिबिसि । फिलिपिन्सको द्वन्द्वगस्त क्षेत्र मरावीमा सरकारले ईश्लामीक लडाकुलाई लक्षित गरि गरेको हवाई कारवाहीमा १० जना सैनिक मारिएका छन् । ८ जना घाइते भएका छन् । ईश्लामीक लडाकुलाई लक्षित २ वटा कारवाहीमध्ये एउटा सफल भएपनि अर्को कारवाहीमा भने आफ्नै सैनिक मारिएको त्यहाँका रक्षा सचिव डेलफिन लोरेनजानालाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति रोड्रिगो डुटर्टेले मरावी शहर रहेको मिन्डानाओ द्विपमा गत हप्तादेखि सैनिक शासन लगाउनुभएको छ । मरावीमा ईश्लामीक स्टेट सम्बद्ध ती लडाकु र सरकारी सेनाबीच पटकपटक भीडन्त हुँदा १ सय भन्दा बढीको मृत्यु भईसकेको छ । करीब २ लाख मानिसको बसोवास रहेको सो क्षेत्रमा सरकारी सेनाले लडाकुहरुलाई भगाउन सरकारी कारबाही जारी राखेको छ ।

प्रकाशित : 1 June, 2017

प्रतिक्रिया दिनुहोस्